आकस्मिक ऋण
Interest Rate: 0%
Features
सदस्या वा एकाघर परिवारमा अकस्मात पर्न आउने घटना –अकस्मात अस्पताल पु¥याउनु पर्ने अवस्थामा, डेलीभरी÷झाडा बान्ता÷हृदयघात, सर्पदंश दुर्घटना, दैविकप्रकोप, मृत्यू आदि) का लागि प्रदान गरिने ऋणलाई आकस्मिक ऋण भनिन्छ । १ ऋणको अवधि यस प्रकारको ऋणको अवधि अधिकतम ३ महिनाको हुनेछ । २ ऋणको सीमा यस प्रकारको ऋणको अधिकतम रु २५,०००।– मात्र लगानी गरिनेछ । ३ ब्याजदर यस शीर्षकमा ब्याजदर सञ्चालक समितिले समय समयमा तोके बमोजिमको हुनेछ । यस प्रकारको ऋण लगेको मितिबाट १ महिनाभित्र चुक्ता गरेमो ब्याज छुट हुनेछ । ४ भुक्तानी तरिका ऋणको भुक्तानी एक मुष्ठ गर्नु पर्नेछ ।
